चालक र सहचालक महिला रहने गरी साझाले आजबाट विद्युतीय बस सञ्चालनमा ल्याउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चालक र सहचालक महिला रहने गरी साझाले आजबाट विद्युतीय बस सञ्चालनमा ल्याउँदै


२३ असार २०७९, बिहिबार


काठमाडौँ । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस आजबाट सञ्चालनमा ल्याउन लागिएको हो ।

काठमाडौँ उपत्यकामा चल्ने बसको एक कार्यक्रमको आयोजना गरी उद्घाटन पश्चात् सञ्चालनमा ल्याइने भएको छ । बसको परीक्षण गरी नम्बर प्लेट र रुटसमेत निर्धारण गरिएको छ ।

तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा चल्ने जनाइएको छ । यी बसमा चालक र सहचालक भने महिला रहने बताइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस