राप्ती नदीमा एक जना बेपत्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राप्ती नदीमा एक जना बेपत्ता


२२ असार २०७९, बुधबार


ढल

नेपालगन्ज । बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा आज एक जना बेपत्ता भएका छन् ।

राप्तीसोनारी गाउँपालिका-५ गोरधुईका २६ वर्षीय नरबहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट बेपत्ता भएका हुन् ।

बेपत्ता भए लगत्तै उनको खोजी कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

अवैध छुर्पी बरामद
सशस्त्र प्रहरीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ ।

सशस्त्र प्रहरीको नेपालगन्ज भन्सारस्थित जमुनाह नाकाबाट सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा गएको टोलीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल ३० नं गण बागेश्वरी, बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिए ।

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगन्ज–१६ जयसपुर नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेको दुई लाख ९० हजार बराबरको अवैध छुर्पी बरामद गरेको उनले बताए ।

बरामद गरिएको सबै अवैध छुर्पीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस