जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सहमति जुटेको छ : राजेन्द्र महतो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सहमति जुटेको छ : राजेन्द्र महतो


२२ असार २०७९, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का सांसद एवं पूर्वमन्त्री राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरूलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् ।

आज (बुधबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् ।

उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख गरे ।नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ ।

महतोले भने, ‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानुन ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो, जसमा विवाद छ त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानहरूको समस्या समाधान गर्नेतर्फ काम अगाडि बढाउने कुरा भएको छ । यो सम्भव छ । भइहाल्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस