हवाई भाडा बढ्यो, अब कुन ठाउँको कति ? (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हवाई भाडा बढ्यो, अब कुन ठाउँको कति ? (सूचीसहित)


२२ असार २०७९, बुधबार


उडान रद्द

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।

नयाँ भाडा दर अनुसार काठमाडौँबाट माउन्टेनको भाडा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । यसभन्दा अघि १४ हजार ७२० रुपैयाँ भाडा थियो ।

काठमाडौँबाट भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौँबाट विराटनगरको भाडा प्रतिव्यक्ति १२५ रुपैयाँले वृद्धि भएर १० हजार २०२ रुपैयाँ, काठमाडौँबाट जनकपुरको हवाई भाडा ६५ रुपैयाँले वृद्धि भएर ५ हजार ८६० रुपैयाँ, काठमाडौँबाट भरतपुरको ५५ रुपैयाँले भाडा वृद्धि भएर ४ हजार ९९० रुपैयाँ, काठमाडौँबाट पोखराको ८० रुपैयाँले भाडा वृद्धि भएर ६ हजार ९८५ रुपैयाँ नयाँ भाडा तोकिएको छ ।

त्यसै गरी काठमाडौँबाट भैरहवाको भाडा प्रतिव्यक्ति १०० रुपैयाँले वृद्धि भएर ८ हजार ६७५ रुपैयाँ, काठमाडौँबाट नेपालगन्जको भाडा १६५ रुपैयाँले वृद्धि भएर १३ हजार १६५ रुपैयाँ, काठमाडौँबाट धनगढी २२० रुपैयाँले भाडा वृद्धि भएर १७ हजार २५ रुपैयाँ, काठमाडौँबाट तुम्लिङटर ९५ रुपैयाँले भाडा वृद्धि भएर ८ हजार २०५ रुपैयाँ र काठमाडौँबाट सिमराको ४५ रुपैयाँले हवाई भाडा वृद्धि भएर ४ हजार २४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौँबाट सुर्खेतको १७० रुपैयाँले भाडा वृद्धि भएर १४ हजार ९९५ रुपैयाँ पुगेको छ । भने काठमाडौँबाट राजविराजको भाडा १०० रुपैयाँले वृद्धि भएर ८ हजार ७५५ रुपैयाँ पुगेको छ ।

यो भाडा आषाढ २३ गते देखि लागू हुनेछ । नेपाल आयल निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेपछि सबै ठाउँको हवाई भाडा वृद्धि भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस