नेप्सेमा उतारचढाव : १९९५ अङ्कसम्म झरेर बढ्यो नेप्से « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेप्सेमा उतारचढाव : १९९५ अङ्कसम्म झरेर बढ्यो नेप्से


२२ असार २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । आज (बुधबार) सेयर बजार खुल्दा नेप्से परिसूचक २०३० अङ्कमा थियो । क्रमिक रुपमा बजार ओरालो लाग्दै साढे १२ बजे १९९५ अङ्कसम्म झर्‍यो । पौने १ बजेपछि भने नेप्से उकालो लाग्यो ।

अन्तत: बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा १३.३३ अङ्कले बढेर नेप्से २०४३ अङ्कमा कायम भयो । २ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बैङ्किङ उपसमूह १ अङ्कमुनि रातो रह्यो । विकास बैङ्क ७२, फाइनान्स ४२, होटल तथा पर्यटन १६, जलविद्युत् ३३, जीवन बीमा २६६, उत्पादन २०, माइक्रोफाइनान्स १०, अन्य २१ र व्यापार उपसमूह १ अङ्क बढे ।

निर्जीवन बीमा उपसमूह ३५ अङ्क घट्यो । कुल १२३ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने १० को स्थिर रह्यो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयनसँग गाभिने हल्लाले सिभिल बैङ्कको मूल्य ७ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा गोर्खा फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, सिभिल बैङ्क, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमशस् अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस