लमजुङमा २१ घर बाढीपहिरोकाे उच्च जोखिममा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लमजुङमा २१ घर बाढीपहिरोकाे उच्च जोखिममा


२२ असार २०७९, बुधबार


लमजुङ । यहाँ बाढी पहिराले २१ घर उच्च जोखिममा परेको छ । क्व्होलासोंथर गाउँपालिका–६ पस गाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको छ ।

वडाध्यक्ष मनलाल गुरुङले भने, ‘१५ गते ठुलो वर्षापछि पहिरो गएको थियो, सो पश्चात् पटक पटक थप पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरू जोखिममा परेको छ ।’

वडा कार्यालयका अनुसार भिरालो जमिनमा बस्ती रहेकाले झन् बढी जोखिम रहेको छ । ‘निर्माणाधीन ग्राभेल सडक बगैँचा पस गाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका गह्राहरु सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरा जाने सक्ने सम्भावना छ,’ उनले भने ।

पहिरोले बस्ती जोखिम बनाएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । सो पश्चात् गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ लगायतको टोलीले समेत अनुगमन गरेर गएको थियो ।

अनुगमनपश्चात् उनले दक्ष प्राविधिक ल्याएर पहिराको थप अनुसन्धान गरेर रोकथाम गर्ने आश्वासन दिएको स्थानीयको भनाइ छ । यहाँ दैनिक जसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन् । उक्त घरका १५० भन्दा बढी स्थानीय पहिराको चिन्तामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस