२ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित


२२ असार २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक आज (बुधबार) ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका अधिकारीले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने भनेको थियो । सोही कारण बैठक बस्न नसकेको हो । अहिले मन्त्रीहरू अर्थमन्त्री प्रकरणमा एमाले नेताहरूसँगको छलफलमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस