रामेछाप बस दुर्घटनाका सबै मृतकको सनाखत « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रामेछाप बस दुर्घटनाका सबै मृतकको सनाखत


२२ असार २०७९, बुधबार


काठमाडौँ । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका–५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया बिपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन् ।

उपचारको क्रममा मृत्यु हुनेहरूमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन् ।

दुर्घटनामा घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस