प्रचण्डले आज पदाधिकारी प्रस्ताव गर्दै, अध्यक्षको प्रस्ताव केन्द्रीय कमिटीले स्वीकार गर्ने     « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रचण्डले आज पदाधिकारी प्रस्ताव गर्दै, अध्यक्षको प्रस्ताव केन्द्रीय कमिटीले स्वीकार गर्ने    


२२ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आजको बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याउने बताइएको छ । 

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । 

प्रचण्ड निवास खुमलटारमा हिजो बसेको बैठकले आजको केन्द्रीय कमिटी बैठकमा कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो । 

नेता गणेश साहले आजको बैठकमा पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन गर्ने बताए । उनका अनुसार सबै प्रस्ताव ल्याउने जिम्मा अध्यक्षलाई दिइएको छ । मंगलबार बोलाइएको बैठक आजका लागि स्थगित गरेर नेताहरू छलफलमा जुटेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस