प्राविधिक तर्फ खराल सचिवमा बढुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्राविधिक तर्फ खराल सचिवमा बढुवा


२१ असार २०७९, मंगलबार


काठमाडौँ । सरकारले सहसचिव डा. दीपक खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सहसचिव खराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरबार ब्युरोलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठतामा खराललाई एकल सिफारिस गरेको थियो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव खरालको नाम मात्रै सिफारिस भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सचिव(पशुपन्छी विकास)निरु दाहाल पाण्डेले अनिवार्य अवकाश पाएसँगै रिक्त पदमा खराल बढुवा भएका हुन् ।

सम्बन्धित समाचार : सचिव पाण्डे अवकाश

Tags :
प्रतिक्रिया दिनुहोस