मङ्सिर २ गते चुनाव गर्न सरकारलाई आयोगको सुझाव « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मङ्सिर २ गते चुनाव गर्न सरकारलाई आयोगको सुझाव


२१ असार २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ ।

आयोगका अनुसार बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवासँग बुधबार भेटका लागि आयोगका पदाधिकारीहरूले समय लिइसकेका छन् ।

आयोगले मङ्सिर ५ गतेका लागि पनि निर्वाचन वैकल्पिक मिति हुने औँल्याएको छ, तर पहिलो प्राथमिकता भने मङ्सिर २ का लागि भएको आयोग स्रोतले बतायो ।

Tags :
प्रतिक्रिया दिनुहोस