प्रदेश यातायात व्यवस्था निर्देशनालय कायमै राख्ने प्रदेश सरकारको निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश यातायात व्यवस्था निर्देशनालय कायमै राख्ने प्रदेश सरकारको निर्णय


२१ असार २०७९, मंगलबार


विराटनगर । कार्यसम्पादनमै असर गरेपछि प्रदेश-१ सरकारले प्रदेश यातायात व्यवस्था निर्देशनालय कायमै राख्ने भएको छ ।

यसअघि, सरकारले हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले निर्देशनालय कायमै राख्ने निर्णय गरेको हो ।

प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय सच्याएको बताइएको छ । यसअघि, प्रदेश यातायात व्यवस्था ऐनको व्यवस्थासँग बाझिने गरी सरकारले निर्देशनालय हटाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस