२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानको न्यूनतम विद्युत् महसुल महानगरले तिर्ने

अ+ अ-

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिँचाइको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेहोर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेटमा मासिक रुपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महसुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । यसैगरी वीरगन्ज महानगरलाई शैक्षिक ‘हब’को रुपमा विकास गरिने पनि योजना अघि बढाइएको छ ।

छोरीलाई शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडामा कन्या विद्यालय र क्याम्पस स्थापनाको पहल अघि बढाइने नगरप्रमुख राजेशमान सिंहले जानकारी दिए ।

महानगरका ३२ वटै वडालाई सडक सञ्जालमार्फत जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।

वीरगन्ज महानगरको एकीकृत सहरी विकास योजना बनाइ त्यही अनुसार सहरी विकास कार्यलाई अगाडि बढाइने योजनासमेत समावेश गरिएको छ ।

वडा नं ३० र ३१ मा रहेको गुठी संस्थानको ६५० बिघा जग्गा भाडामा लिएर पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना गर्न प्रक्रिया अघि बढाइने जनाइएको छ ।