प्रचण्डले थाले पदाधिकारी चयनबारे छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डले थाले पदाधिकारी चयनबारे छलफल


२१ असार २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रचण्डले पार्टीका पदाधिकारी चयन लगायतका साङ्गठनिक विषयमा छलफल थालेका छन् ।

प्रचण्डले खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक राखेर नेताहरूसँग छलफल थालेका हुन् ।

बैठकमा पूर्व स्थायी समिति सदस्यका साथै प्रदेश इन्चार्जसमेतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन गर्न सदस्यहरूले दबाब दिएपछि आज ११ बजे बस्ने भनिएको बैठक गरेर प्रचण्डले आन्तरिक छलफल थालेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस