पदाधिकारी चयनको आन्तरिक गृहकार्यमा माओवादी, आजको केन्द्रीय समिति बैठक स्थगित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पदाधिकारी चयनको आन्तरिक गृहकार्यमा माओवादी, आजको केन्द्रीय समिति बैठक स्थगित


२१ असार २०७९, मंगलबार


काठमाडौँ । आज ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो ।

पदाधिकारी चयन लगायतबारे आन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक भोलि दिउसो एक बजे बस्ने बताइएको छ ।

यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन गर्न माग गरेका थिए ।

गत पुसमा भएको महाधिवेशनले प्रचण्डलाई अध्यक्षमा चयन गरेपनि वरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-६, महासचिव-१, सचिव-३, कोषाध्यक्ष-१ सहित १४ वटा पद खाली छ।

Tags :
प्रतिक्रिया दिनुहोस