युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

युक्रेनमा आक्रमण जारी राख्न रुसी राष्ट्रपति पुटिनको आदेश


२१ असार २०७९, मंगलबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन् ।

रुसले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेलगत्तै पुटिनले आक्रमणलाई निरन्तरता दिन रक्षामन्त्री सर्गेई शोइगुलाई आदेश दिएका हुन् । तर युक्रेनले रुसी सैनिकलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि आफ्नो फौजलाई सुदृढ पारिरहेको दाबी गरेको छ ।

रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरमा आक्रमण तीव्र पारेको छ । गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्नुअघि पुटिनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस