आज क्यानडाको सामना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज क्यानडाको सामना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली


२१ असार २०७९, मंगलबार


काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो । 

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ । खेल नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ ।

विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन्

Tags :
प्रतिक्रिया दिनुहोस