औपचारिक विभाजनको घोषणा गर्ने तयारीमा जसपा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

औपचारिक विभाजनको घोषणा गर्ने तयारीमा जसपा


२१ असार २०७९, मंगलबार


काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ ।

संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो ।

भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुन लागेको हो ।

यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असारमा बोलाएको छ ।

सोही बैठकबाट जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस