२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीद्वारा बजेट निर्माणमा बिचौलिया प्रयोगबारे संसदीय छानबिनको माग

अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा बिचौलिया प्रयोग गरिएको घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा आज (सोमबार) सम्बोधन गर्दै उनले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गरेको भन्ने विषयसँग सम्बन्धित सिसिटिभी फुटेजसमेत सार्वजनिक गर्न माग गरेका छन् ।

अर्थ मन्त्रालयले सिसिटिभी फुटेज नै नरहेको भन्ने सार्वजनिक गरिरहेको र अर्थमन्त्रीले एमालेले भन्दैमा फुटेज देखाइन्न भनिरहेका बेला एमाले अध्यक्ष ओलीले यस्ता अभिव्यक्ति गैर जिम्मेवार खालको भएको टिप्पणी गरे ।

‘यस विषयमा संसदीय छानबिन समिति बनाउ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन’‚ प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ‌ओलीले भने, योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?

उनले मन्त्रीहरूले अनेक गर्दा पनि प्रधानमन्त्री निरीह भएर बसिरहेको आरोप लगाए । उनले कुनै अधिकारीले जिम्मेवारी नलिए प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्री नै जिम्मेवार हुने उल्लेख गरे ।

‘अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्री बस्न मिल्दैन‚’ ओलीले भने, संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । यस्ता कुरामा अरु जबाफदेही भएनन् भने प्रधानमन्त्री जबाफदेही हुनुपर्छ ।

उनले बजेटमा सेटिङ गरेर करको दर बढाउने-घटाउने गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस