पहिलो चरणमा २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कँदै


१९ असार २०७९, आइतबार


काठमाडौँ । लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् ।

परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त सहकार्यमा पहिलो चरणमा २८१ विद्यार्थी मंगलबार आफ्नो अध्ययन पूरा गर्नको लागि जान लागेका हुन् ।

कोभिड–१९ महामारीका कारण नेपाली विद्यार्थीहरू चीनबाट फर्केका थिए । त्यसपछि चिनियाँ सरकारले कोभिड–१९ संक्रमणलाई लिएर कडा रणनीति अपनाएपछि नेपाली विद्यार्थी अलपत्र परेका थिए ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज (आइतबार) नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले कूटनीति प्रक्रियामार्फत ८५० नेपाली विद्यार्थीको सूची चिनियाँ दूतावासलाई पठाएको बताइन् ।

‘त्यसमा उनीहरूले पहिलो चरणमा २८१ जना लान तयार भएको हो,’ उनले भनिन्,‘त्यसपछि क्रमिक रुपमा नेपाली विद्यार्थीहरुलाई चीनमा फर्काइने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस