५७ अङ्कले बढ्यो नेप्से, कुल २ अर्ब ४८ करोडको कारोबार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

५७ अङ्कले बढ्यो नेप्से, कुल २ अर्ब ४८ करोडको कारोबार


१९ असार २०७९, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ५७.६१ अङ्कले बढेको छ । नेप्से परिसूचक २०८६ अङ्कमा पुगेको छ ।

कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भयो । बजारका सबै सूचक बढेका छन् ।

बैङ्किङ १६, विकास बैङ्क ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, जीवन बीमा १७०, उत्पादन २५०, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र व्यापार उपसमूह सूचक १७४ अङ्क बढे ।

कुल १७६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ५ को स्थिर रह्यो ।

साल्ट ट्रेडिङ, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोसी, सान्जेन, नेस्डो लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रसुवागढी र मध्य भोटेकोसीको मूल्य साढे ९ प्रतिशत धेरैले बढ्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया र नेपाल पुनर्बीमा कम्पनी क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस