प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र


१९ असार २०७९, आइतबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित भएको जनाएको छ ।

आज (आइतबार) मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस्तो बताएकी हुन् ।

प्रवक्ता लम्सालले भनिन्, ‘भ्रमणको कुरा चलिरहेको छ । यो भ्रमण अपेक्षित छ ।’

भ्रमणका लागि विभिन्न चरणमा गृहकार्य भएकोले मिति तय हुन समय लाग्ने उनले बताइन् ।

उनले उपयुक्त समयमा यसबारे जानकारी दिने प्रस्ट पारिन् । यसअघि प्रधानसेनापति प्रभुराम शर्माले अमेरिका भ्रमण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस