अन्तरघातीलाई कारबाही गर्ने प्रचण्डको चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अन्तरघातीलाई कारबाही गर्ने प्रचण्डको चेतावनी


१९ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए ।

आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै घात प्रतिघात रोक्न लागिपर्ने बताए ।

उनले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस