पेनाङसँग एनआरटीको फराकिलो हार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेनाङसँग एनआरटीको फराकिलो हार


१९ असार २०७९, आइतबार


काठमाडौँ । टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले फराकिलो हार ब्यहोरेको छ ।

मलेसियाको पेनाङ सिटी रंगशालामा भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० गोलले पराजित भएको हो ।

पेनाङले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा थप तीन गोल थप्यो । पेनाङको जितमा लुकास सिल्भाले ह्याट्रिकसहित ४ गोल गरे । सराभानले एक गोल थपे । यसअघि बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५-१ गोलले पराजित भएको थियो ।

नेपाललाई हराएसँगै पेनाङ टीवाईटी कपको च्याम्पियन बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस