नेपालमा हुने भयो साफ महिला च्याम्पियनसिप « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालमा हुने भयो साफ महिला च्याम्पियनसिप


१९ असार २०७९, आइतबार


काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ।

बङ्गलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेस गरेका थिए। प्रस्ताव समितिले अनुमोदन गरेको हो। एन्फाका महासचिव किरण राईले तोकिएको मितिदेखि प्रतियोगिता आयोजना गर्नका लागि पेस गरेपछि साफ कार्यकारी समितिले प्रस्तावित मिति पनि स्वीकृत भएको हो।

च्याम्पियनसिपको प्रस्तावित मितिबारे महासचिव राई, पूर्व सीओ सदस्य विकासनारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशीबीच छलफल भएको थियो।

यसअघि नेपालमा पाँचौँ महिला साफ आयोजना भएको थियो। विराटनगरमा भएको साफ च्याम्पियनसिप भारतले जितेको थियो। फाइनलमा नेपाललाई हराउँदै भारतले च्याम्पियनसिप जितेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस