प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा « प्रशासन
Logo १९ मंसिर २०७९, सोमबार
   

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा


१८ असार २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् ।

प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् ।

शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आज शनिबार नै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

सर्वोच्च अदालतको विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरू विकल्पमाथि अध्ययन गर्न भनेको छ ।

विमानस्थलबारे सर्वोच्चको आदेशबारे प्राय: सबै राजनीतिक दलका नेताहरू एक देखिएका छन् । विमानस्थल निर्माण हुनुपर्ने तर्क नेताहरूको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस