लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै


१८ असार २०७९, शनिबार


काठमाडौँ । केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ सङ्गठन गठनलगायत समसामयिक विषयमा समेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्ने लगायतका एजेन्डामा बैठकका लागि तय गरिएका छन् ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको सङ्ख्या ५ सय १ सदस्सीय राख्ने र त्यसका लागि नाम सङ्कलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस