एसियन हाप्किडो च्याम्पियनसिपमा विजयाले जितिन स्वर्णपदक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसियन हाप्किडो च्याम्पियनसिपमा विजयाले जितिन स्वर्णपदक


१८ असार २०७९, शनिबार


काठमाडौँ । उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालले स्वर्ण पदक जितेको छ ।

हाप्किडो राष्ट्रिय खेलाडी विजया कुमारी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी छिन । शुक्रबार भएको खेलमा उनले सो पदक हात पारेकी हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।

यस्तै पुरुष तौल समूह तर्फ ७० देखी ७५ तौल समूहमा प्रवीण गुरुङले कास्य पदक प्राप्त गरेका छन् । ६० देखी ६५ तौल समूहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेको नेपाल मार्शल आट्र्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिए ।

आज महिला तर्फ ४५ देखी ५० तौल समूहमा कृती गिरिको प्रतिस्पर्धा हुँदैछ । नेपालले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेपछि प्रशिक्षक भुवन बुढा मगरले खुसी व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस