अदालतको आदेशपछि दिदीले लिन पाइन् भाइको मिर्गौला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अदालतको आदेशपछि दिदीले लिन पाइन् भाइको मिर्गौला


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । उच्च अदालत पाटनको आदेश पश्चात् ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा एक महिलाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

एकै आमाको कोखबाट जन्मिएकी दिदी र भाइको नागरिकता प्रमाणपत्रमा भाइको उमेर दिदीको भन्दा बढी देखिएका कारण रोकिएको मिर्गौला प्रत्यारोपण अदालतको आदेशपश्चात् बुधबार गरिएको किस्ट मेडिकल कलेजले जनाएको छ ।

मिर्गौला ग्रहणकर्ता दिदी राधा महर्जन र दाता भाइ हरिगोपाल प्रजापति हुन् । नागरिकतामा २३ दिनले भाइ जेठो देखिएपछि महर्जनले जन्म मिति सच्याउन प्रमाणसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन पेस गरेका थिए ।

तर, पटक–पटक धाउँदा पनि नसच्चिएपछि उनले २०७९ असार ७ मा किस्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय, काठमाडौँसहित ६ जनालाई विपक्षी बनाएर उपचारको माग गर्दै अदालतमा रिट निवेदन दिएकी थिइन् । अदालतले असार ८ गते महर्जनको पक्षमा फैसला गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस