जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि दुर्व्यवहार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि दुर्व्यवहार


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् ।

अखिल क्रान्तिकारीको विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालो मोसो दलेका छन् ।

पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरूले कालो मोसो दलेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस