झापामा हात्ती मृत अवस्थामा फेला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

झापामा हात्ती मृत अवस्थामा फेला


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । झापामा हात्ती मृत अवस्थामा फेला परेको छ ।

बुद्धशान्ति गाउँपालिका ५ आयाबारीस्थित स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो ।

हात्ती के कारणले मर्‍यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ ।

खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस