मोटरसाइकले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु , दुई जना घाइते « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

मोटरसाइकले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु , दुई जना घाइते


१७ असार २०७९, शुक्रबार


रुपन्देही । दाङमा हिजो (बिहीबार) राति मोटरसाइकलले दुई साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

राति पौने नौ बजे घोराहीदेखि सौंडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा सडकमा गुडिरहेका २ वटा साइकलमा ठक्कर दिएको हो ।

दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार घाइते दुई जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरीको अवस्था गम्भीर छ । चौधरीको नाक, मुख र टाउकोमा गहिरो चोटपटक लागेको रिजालले बताए ।

उक्त घटनामा घाइते भएका साइकलमा सवार घोराही– १५ का विनोद भण्डारीको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई रहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस