दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ नेपाली पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ नेपाली पक्राउ


१७ असार २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् ।

दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैर कानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

उनीहरुमध्ये दुई जनाले दक्षिण कोरियाका प्रतिनिधिसँग मिलेर मौसमी कामदारको रुपमा प्रवेश गर्ने नेपालीलाई गैर कानुनी रुपमा रोजगारीमा लैजाने र मध्यस्थता गरिदिएबापत रकम असुल्ने गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस