२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यमन्त्री वलीको राजीनामा स्वीकृत, वली भन्छिन्-मैले राजीनामा दिएकी छैन

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको राजीनामा स्वीकृत भएको बताएका छन् ।

प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि केसीले वलीले १२ असारमा दिएको राजीनामा स्वीकृत भएको सदनलाई जानकारी गराए ।

बुधबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीका सन्दर्भमा भएका घटनाबारे सरकारको धारणा माग गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले त्यसबारे जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका थिए ।

मुख्यमन्त्री केसीले छानबिन सहज होस् भनेर राज्यमन्त्रीको राजीनामा आएको र धन्यवादसहित राजीनामा स्वीकृत गरेको बताए । उनले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने चरणमा पुर्‍याएको बताए ।

प्रदेश सरकार मन्त्रिपरिषद्ले बनाएको जाँचबुझ कार्यदलकोे सदस्यमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको थियो ।

यता राज्यमन्त्री वलीले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छन् । पार्टीभित्रबाट पटक-पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म आफूले पदबाट राजीनामा नदिएको बताइन् ।

आफूले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत दिने उनले बताइन् ।

राज्यमन्त्री वली केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन् । एकराजको घरपरिवारसँग हात हालाहालको अवस्था सिर्जना भएपछि वली आलोचित बनेकी थिइन् ।