तीन दिन भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन मौसम विभागको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीन दिन भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन मौसम विभागको आग्रह


१५ असार २०७९, बुधबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको हो ।

आगामी तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताइएको छ ।

विभागले मौसम सम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस