निजगढ विमानस्थलबारे न्यायाधीशबिच फरक मत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निजगढ विमानस्थलबारे न्यायाधीशबिच फरक मत


१५ असार २०७९, बुधबार


काठमाडौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सर्वोच्च अदालतले जेठ १२ गते गरेको फैसलामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोज शर्माले फरक मत राखेका छन् ।

सर्वोच्चले बुधबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे फैसलाको पूर्णपाठ सार्वजनिक गर्दैछ ।

उक्त फैसलामा न्यायाधीशद्वय कार्की र शर्माले राखेको फरक मत के हो भन्ने केही बेरमा सार्वजनिक हुनेछ । ३ जना न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतको रायमा बाँकी दुई न्यायाधीशले राय बझाएका हुन् ।

तीन जना न्यायाधीशले राखेको राय नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धि अन्तिम फैसला हुनेछ ।

न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्मा संलग्न पाँच सदस्यीय बृहत् पूर्ण इजलासले गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धि मुद्दाको फैसला सर्वोच्चले सार्वजनिक गरेको हो ।

सर्वोच्च अदालतले यसअघि उक्त मुद्दामा सुनुवाइ गरेर तत्कालका लागि रोक लगाउन भनेपनि पूर्णपाठ वा कुनै लिखित आदेश भने जारी गरेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस