विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विदेशमा सम्पत्ति राख्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव


१५ असार २०७९, बुधबार


काठमाडौँ । विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्न संसदमा एक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्दै यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।

प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पत्ति राख्न नपाउने भनी किटान गरिनुपर्ने सांसद सुवालको प्रस्ताव छ ।

‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्‍छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस