नेप्से ४१ अङ्कले बढ्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेप्से ४१ अङ्कले बढ्यो


१५ असार २०७९, बुधबार


शेयर बजार

काठमाडौँ । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अङ्कले बढेको छ ।

दोहोरो अङ्कले बढेर नेप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।

बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै उपसमूह बढेको छ ।

बुधवारको दोस्रो बजारमा धेरै कमाउने तीन कम्पनीमा क्रमशः आँधी खोला लघुवित्त, सीवाईसी लघुवित्त र बरुण हाइड्रोपावर कम्पनी रह्यो । यस्तै धेरै गुमाउनेहरूमा मैलुङखोला जलविद्युत्, नेपाल इन्भेष्टमेन्ट बैङ्क डिभेन्चर २०८४ र नबिल ब्यालेन्स फन्ड रह्यो ।

बुधबार कारोबारमा आएका २२८ कम्पनी मध्ये ९ कम्पनीको सेयर मूल्य बढेको थियो भने ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस