ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ओमप्रकाश पुनसहित ६७ नेता माओवादी प्रवेश


१५ असार २०७९, बुधबार


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।

आज बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टिका लगाएर उनीहरूले पार्टी प्रवेश गरेका हुन् ।

नेता पुनसँगै पार्टी परित्याग गरेका केन्द्रीय सदस्य शङ्कर खड्का, दलबहादुर धामी र रमेश परियारलगायत विप्लवको पार्टीबाट ६७ जना कार्यकर्ताले माओवादीमा प्रवेश गरेका छन् ।

नेता पुन, केन्द्रीय सदस्य खड्का, धामी र परियारले गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

विप्लव नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पुन पूर्वपोलिट्ब्यूरो तथा सेती महाकाली ब्युरो इन्चार्ज थिए भने पार्टीनिकट किसान र सुकुम्वासी सङ्गठनको अध्यक्षसमेत रहेका थिए ।

पूर्वसभासद र सेती ब्युरो इन्चार्ज भइसकेका खड्का केन्द्रीय सदस्य थिए भन् धामी केन्द्रीय सदस्य र परियार भने दार्चुला र कञ्चनपुर जिल्ला इन्चार्ज रहेका थिए ।

आफूले विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नहुने देखेरै बाटो बदलेको पुनले बताए । उनले विप्लव आफू क्रान्ति गर्न पनि नसक्ने माओवादी शक्तिलाई एकीकृत र ध्रुवीकृत गर्न पहल नगरेकै कारण आफूहरूले विप्लवले नेतृत्व गरेको पार्टी परित्याग गरेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस