एमालेमा बीउ रोपेका छौँ, हेर्नुहोला केही समयपछि फल्छ : प्रचण्ड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमालेमा बीउ रोपेका छौँ, हेर्नुहोला केही समयपछि फल्छ : प्रचण्ड


१५ असार २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपाको तीन वर्षमा एमालेभित्र आफूले बीउ रोपेको भन्दै चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फल्ने दाबी गरेका छन् ।

आज (बुधबार) पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारण मात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताए ।

प्रचण्डले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौँ, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौँ क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारण मात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ ।’

प्रचण्डले आफू भावुक र उदार स्वभावको रहेको भन्दै माओवादीमा बसेकाहरूलाई भन्दा बाहिर गएर आएकालाई बढी अवसर र जिम्मेवारी दिएको बताए । छाडेर फर्केकालाई महासचिव र गृहमन्त्री बनाउँदा अहिले कहाँ-कहाँ पुगेको भन्दै उनले बादलको आलोचना समेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस