जीपको ठक्करबाट दुई जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जीपको ठक्करबाट दुई जनाको मृत्यु


१५ असार २०७९, बुधबार


काठमाडौँ । जीप र मोटरसाइकल ठोक्किँदा पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ देउरालीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीय जयराम मोक्तान र भीमफेदी गाउँपालिका-१ बस्ने २३ वर्षीय दीपेश गोले रहेका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ४१८२ नम्बरको बोलेरो जीप एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

‘दुर्घटनामा गम्भीर घाइते भएका दुबैको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । शवलाई पोस्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको छ । बोलेरो जीप र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस