कोलम्बियाको कारागारमा आगजनी हुँदा ४९ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोलम्बियाको कारागारमा आगजनी हुँदा ४९ को मृत्यु


१५ असार २०७९, बुधबार


काठमाडौँ । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारागारमा दङ्गा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरू ३० जना घाइते भएका कारागारका अधिकारीहरूले बताएका छन् ।

भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारागार निकायले मंगलबार बिहान सवेरै कैदीहरूले नै आगजनी गरेको जानकारी दिएको छ । त्यहाँ तैनाथ गार्डहरूले दङ्गामा हस्तक्षेप गर्न नसकुन् भन्ने हेतुले कैदीहरूले म्याट्रेसहरू बालेको बताइएको छ ।

सरकारी अधिकारीहरूले आगो नियन्त्रणमा लिइसकेको र यस घटनाको मौका छोपेर कोही पनि कैदी भाग्न नसकेको बताएका छन् ।

स्थानीय समयअनुसार बिहान करिब एक बजे कारागारको एक खण्डमा आगलागी सुरु भएको थियो । सो स्थानमा समान्यतया १ सय ८० जना कैदी थुन्ने गरिएको छ । सो सहरका स्थानीय बासिन्दाले कारागारभित्र धुवाँ र आगोका लप्का देखेको र हेर्दाहेर्दै अनियन्त्रित हुन पुगेको आगोले सो खण्ड जलेको बताएका छन् ।

एम्बुलेन्स र अग्नि नियनत्रण टोली तत्काल घटनास्थल पुगेका थिए । गार्डहरूले कारागारमा जडित अग्निनियन्त्रण उपकरण प्रयोग गरेर केही कैदीको उद्धार गरेका थिए ।

सरकारको कारागार निकाय प्रमुख जनरल टिटो क्यास्टेल्लानोसले भयानक परिणामलाई ख्यालै नगरी कैदीहरूले म्याट्रेस बालेको बताएका छन् । राष्ट्रपति इभान डुक्युले यस घटनाप्रति गहिरो दुख प्रकट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस