वामपन्थी शक्ति एकतावद्ध हुन नेकपा एसको आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वामपन्थी शक्ति एकतावद्ध हुन नेकपा एसको आह्वान


१४ असार २०७९, मंगलबार


काठमाडौँ । कम्युनिस्ट तथा वामपन्थी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक सकिएको छ ।

सोमबार र मंगलबार काठमाडौँमा भएको एकीकृत समाजवादीको केन्द्रीय परिषदको बैठकले १७ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता र संविधानको रक्षाका लागि एकतावद्ध हुन आह्वान गरिएको छ ।

एकीकृत समाजवादीले माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सही विचार र राजनीतिक कार्यदिशा अंगालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भएका कम्युनिस्ट शक्तिलाई समाजवादी क्रान्तिकारी लक्ष्यमा एकतावद्ध हुन आह्वान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस