सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय


१४ असार २०७९, मंगलबार


काठमाडौँ । सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।

गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् ।

एसपी पदमा बढुवा हुनेहरूमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल र उद्धव बहादुर रावल सहित ३७ जना छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस