थप ४४ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

थप ४४ जनामा कोरोना संक्रमण


१४ असार २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् । हाल देशभर २२९ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस