सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता, खोजीमा ३ टोली परिचालन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता, खोजीमा ३ टोली परिचालन


१४ असार २०७९, मंगलबार


काठमाडौँ । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् ।

जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले बताएका छन् । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । नाम्चेको चेक प्वाइन्टबाट उनी दिउँसो १ बजे बेसक्याम्प तर्फ लागेका हुन् ।

प्रहरीको अनुसन्धानबाट उनी तेङबोचेसम्म पुगेको थाहा भएको छ । चिकित्सकको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा ३ टोली परिचालन गरिएको डिएसपी शाहले जानकारी दिए । उनका अनुसार गोक्यो, थामबोचे र सगरमाथा अधार शिविरमा खोजी भइरहेको छ ।

चिकित्सक हराएको ठाउँबाट सगरमाथा आधार शिविर पुग्न ३ दिन पैदल हिँड्नुपर्छ ।

यस्तै सगरमाथा आधार शिविर हिँडेकी कोरियन महिला पनि चैत ६ बाट बेपत्ता छिन् । नाम्चे बजार बाट चैत ६ मा आधार शिविर तर्फ लागेकी कोरियन नागरिक यियोन हि ली अझै फेला परेकी छैनन् ।

कोरियन महिलाको खोजी भइरहेको डिएसपी शाहले बताए । उनको खोजीमा आएको दक्षिण कोरियाको एउटा टिम फर्किएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस