कागजपत्र नभएको गाडीसहित तीन भारतीय युवा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कागजपत्र नभएको गाडीसहित तीन भारतीय युवा पक्राउ


१४ असार २०७९, मंगलबार


काठमाडाैँ । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशरपुर ग्राम पञ्चायत-३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्राम पञ्चायत-९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका-५ चौरिया गाउँमा भारतबाट गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार अनुमति पत्र बिना बिआर ०६ बिवाई ५५४५ र डिएल ९ सिक्युएस २६८१ नम्बरको दुईवटा मारुती सुजुकी कार र बिआर ३० एम ७५७४ नम्बरको मोटरसाइकल लिएर नेपाल आएका तीनै जनालाई प्रहरी चौकी चौरिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस