एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएकै हो : प्रचण्ड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमसीसीमा डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएकै हो : प्रचण्ड


१३ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा गरेर डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौँमा आयोजित नेपालमा समाजवाद चुनौती र अवसर विषयक कार्यक्रममा उनले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र एसपीपी खारेज गराउन निर्णायक भूमिका खेलेको भन्दै आफ्नो बचाउ गरे । उनले एमसीसीमा १२ बुँदे ब्याख्यात्मक घोषणालाई डुब्न लाग्दा त्यान्द्रोको सहारा लिएको रुपमा व्याख्या गरे ।

उने भने, ‘एउटा परिस्थिथितिमा १२ बुँदे बनाएर ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो । यहाँ कुनै लुकीछिपी छैन । तर एसपीपी खारेज गराउने निर्णायक भूमिका हामीले नै खेलेको हो । यो सत्यलाई कसैले इन्कार गर्न हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस