२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद नआउने बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले सबैको पालो पुर्‍याउन मन्त्री फेर्ने संस्कृतिले समाजवाद नआउने बताए ।

पौडेललाई कार्यक्रममा उपस्थित नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई लक्षित गर्दै यस्तो धारणा राखेका थिए ।

‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने । सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छ ? समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ ? हामी समाजवादको नारा फलाक्ने तर घार प्रतिक्रियावादी कामहरू गर्ने ? यसरी चल्दैन । नेता, कार्यकर्ता सबैको संस्कार बदल्नुपर्छ तब मात्रै समाजवाद आउँछ’, पौडेलले भने ।

उनले कम्युनिस्ट पार्टीहरूले समाजवादको शब्दजाल बुनेको तर सो अनुसार आचरण नगरेको बताए । पौडेलले सबैको भाग पुर्‍याउन समाजवादी पार्टीका मन्त्री फेरेर पालो पुर्‍याइनु गलत भएको बताए ।

पौडेलले संविधानले दिएका अधिकारहरू कार्यान्वयन गरे मात्रै समाजवादको जग बसाल्न सकिने बताए । संविधानविरुद्ध उभिएर समाजवाद नआउने भन्दै पौडेलले संविधान जोगाउन गठबन्धन बनेको बताए ।

‘संविधानले महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रका जनता सबैलाई अधिकार दिएको छ । यो संविधानलाई पूर्ण कार्यान्वयन गर्न सक्यौ भने समाजवादको जग बसाल्न सक्छौँ । ओलीजीले समाजवादको जग भत्काउन खोज्नुभएको थियो । त्यो दुस्साहस रोकेर संविधान र परिवर्तन बचाउन यो गठबन्धनको आवश्यकता परेको हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस