संघीय निजामती सेवा ऐन छिटै संसदमा दर्ता हुन्छ : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संघीय निजामती सेवा ऐन छिटै संसदमा दर्ता हुन्छ : मन्त्री श्रेष्ठ


१३ असार २०७९, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती सेवा ऐन छिटै संसदमा दर्ता गर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती सेवा ऐन दर्ता गर्ने बताए ।

उनले अघिल्लो सरकारले ल्याएको संघीय निजामती सेवा ऐन संसदबाट फिर्ता ल्याएकाले गठबन्धन दलहरुको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताए ।

मन्त्री श्रेष्ठले गठबन्धन दलहरुसँग समेत छलफल गरेर छिटै संसदमा ऐन दर्ता गराउने तयारी रहेको बताए ।

मन्त्री श्रेष्ठले भने, ‘अहिले संसद सुचारु भइरहेको पस्थितिमा छिटो भन्दा छिटो संसदमा दर्ता गर्ने प्रक्रियामा जानेछौँ । त्यसपछि संघीय निजामती सेवा ऐनलाई ल्याउनेछौँ । त्यस्तै संघीयतालाई बलियो बनाउँन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भएर केही दिनमा संसदको दुई सदनमध्ये एउटा सदनमा प्रस्तुत गर्नेछौँ ।’

मन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउनको लागि संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाले केही दिनमा संसदको दुई सदनमध्ये कुनै एकमा प्रश्तुत गर्ने तयारी भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस